काठमाडौं-ब्राजिलका चर्चित प्ले मेकर फिलिपे कोटिन्होलाई स्पेनिस क्लब एफसी बार्सिलोनाले १४५ मिलियन पाउन्डमा लिभरपुलबाट किनेको छ । नेमारले छाडेर पिएसजी गएपछि उनको विकल्पको खोजीमा रहेको बार्सिलोनाले २५ वर्षीय कोटिन्होसँग साढे पाँच वर्षका लागि ४ सय मिलियन युरो (३५५ मिलियन पाउन्ड) को सम्झौता गरेको छ ।


ADVERTISEMENT


कोटिन्हो खरिद विक्रीका क्रममा इङ्लिस क्लब लिभरपुल र बार्सिलोनाबीच शनिबार अपरान्ह सम्झौता भएको हो । नेमार १८९ मिलियन पाउन्डमा फा्रन्सेली क्लब पिएसजी गएपछि उनको विकल्पमा बार्सिलोनाले कोटिन्होलाई भित्र्याउन सफल भएको हो ।


ADVERTISEMENT

# # #


यो सँगै कोटिन्हो विश्वकै महंगा खेलाडीको सूचीमा दोस्रो नम्बरमा दर्ता भएका छन् । यसअघि ब्राजिलियन नेमार १८९ मिलियनमा पिएसजी पुगेका थिए ।

यसै सिजन बार्सिलोनाले ओसुमाने डेम्बेलेलाई जर्मनीको बोरुसिया डर्टमन्डबाट ९७ मिलियन पाउन्डमा भित्र्याएको थियो । कोटिन्होपछि उनी तेस्रा महंगा खेलाडी भएका छन् । लिभरपुल र बार्सिलोना दुवैले कोटिन्हो किनबेचको कुराको पुष्टि गरेका छन् । बार्सिलोनाले त कोटिन्होको नाम अंकित टी सर्ट पनि सार्वजनिक गरिसकेको छ ।