काठमाडौं – मिलन चाम्सको फिल्म ‘लिलिबिलि’को पहिलो गीत सार्वजनिक गरीएको छ । ‘ईज् इट लभ’ बोलको गीत सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


फिल्मको सार्वजनिक यो गीतमा एलिस कार्कीको संगीत र राजेश कुमार श्रेष्ठको शब्द रहेको छ । नेपाल आइडलका प्रताप दास र मेलिना राईको स्वर रहेको गीतमा प्रदीप खड्का र जसिता गुरुङ फिचरिङ छन् ।


ADVERTISEMENT

# # #


बेलायतको बिभिन्न स्थानमा छायाँकन गरिएको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुप बिक्रम शाही, सबिन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् ।