काठमाडौं– नेपाली काँग्रेसका वरिष्ठ तीन नेताले तत्काल काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाउन सभापति देउवालाई दबाब दिएका छन् । सोमबार बिहान कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिले प्रधानमन्त्री देउवालाई वालुवाटारमा भेटेका थिए ।


ADVERTISEMENT


प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पराजयको समीक्षाका लागि अबिलम्ब बैठक बोलाउन पौडेलले दबाब दिएका हुन् । काँग्रेसको फरक धारमा देखिएका पौडेल, कोइराला र सिटौलाले विधान विपरित गठन गरिएका संसदीय समिती र कार्य सम्पादन समिति विघटन गर्न माग गरेका थिए ।


ADVERTISEMENT

# # #


वैठकमा आवश्यक सल्लाहपछि बैठक बोलाउने देउवाले बताएको जनाइएको छ । पुष २४ मा पौडेल पक्षीय नेताहरुको भेलाले देउवालाई केन्द्रीय समितिको बैठक बोलाउन दबाब दिने निर्णय गरेको थियो ।