काठमाडौँ– नेपाल आगन्तुक भारतीय पर्यटकले अब नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् ।
नेपालको फोनपे पेमेन्ट सर्भिस लि. र भारतीय राष्ट्रिय भुक्तानी निगमको अन्तर्राष्ट्रिय शाखा एनपीआईबीच भएको सम्झौता अनुसार भारतीय पर्यटकले नेपालमा डिजिटल भुक्तानी गर्न सक्नेछन् । यसका लागि भारतीय पर्यटकले युपिआई एप्स डाउनलोड गर्नुपर्नेछ ।
यो नयाँ साझेदारीले नेपाल–भारतबीच पारस्परिक लाभदायिक हुनुका साथै नेपालको अन्तरदेशीय पर्यटनलाई थप प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।