काठमाडौँ – नेपाल चेम्बर अफ कमर्स र इजरायल-एसिया चेम्बर अफ कमर्सबीच सम्झौता व्यपारिक सम्झौता भएको छ ।
सोमबार काठमाडौंमा दुई संस्थाबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको हो । सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र र इजरेल एसिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत बर्सन्टेन रेचले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा नेपालका लागि इजरेलका राजदूत हनान गोदर र इजरेलका लागि नेपालका पूर्वराजदूत डा अन्जान शाक्य एवं चेम्बरका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सम्झौता पछि चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सम्झौताले दुई देशबीच बिभिन्न क्षेत्रमा व्यापारिक सहकार्य हुने विश्वास व्यक्त गरे ।


























































