काठमाडौँ – सरकारले औषधीजन्य प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने घोषणा गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमा पुनले उक्त घोषणा गरेका हुन् ।


ADVERTISEMENT


साथै अर्थमन्त्री पुनले पुनले कृषिमा लगानी बढाउन २०८१ देखि २०९१ सम्म कृषि दशक मनाउने घोषणा गरे ।


ADVERTISEMENT

# # #


संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले कृषि क्षेत्रको थप बिकास र आधुनिकीकरणका साथै उत्पादन बृद्धिका लागि महत्वकांक्षी कार्यक्रमहरु समेत सार्वजनिक गरे ।

सरकारी सहकारी र निजी साझेदारीबाट कृषिमा लगानी बढाउन दशकको घोषणा गरिने उनले बताए । त्यस्तै उनले कृषि सुधार कार्यक्रम अन्तर्गत कृषि आधुनिकीकरण कार्यक्रमका लागि सरकारले २ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

त्यस्तै मन्त्री पुनले कृषि उपज धितोमा राखेर ऋण लिन सकिने व्यवस्था मिलाउने व्यवस्था गर्ने जानकारी दिए । त्यस्तै किसानलाई समयमै मलखाद उपलब्ध गराउन अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट छुट्याएको मन्त्री पुनले बताए ।