काठमाडौँ – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमा पुनले उक्त जानकारी दिएका हुन् ।
अर्थमन्त्री पुनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करिब २ लाख युवालाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गर्ने बताए । जसका लागि स्थानीय तहमा सूचिकृत बरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराइनेछ ।
उनका अनुसार यस कार्यक्रम युवाहरुलाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिनेछ ।