काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा उल्लेख जनताको आधारभूत अधिकारलाई स्थापित गर्न सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताएकी छन् ।


ADVERTISEMENT


नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा बुधबार काठमाडौंमा सुरु पहिलो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दैै पूर्वराष्ट्रपति भण्डारीले संविधानमा उल्लेख मौलिक हकको व्यवहारिक कार्यान्वयन गर्दै जनताको आधारभूत अधिकारलाई स्थापीत गर्न सवै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताएकी हुन् ।


ADVERTISEMENT

# # #


उनले अहिले देखिएको जलवायु परिवर्तनका कारण नेपालमा परेका असरले जनतालाई समस्या भएको भन्दै युवाहरुले आवाज उठाउनुपर्ने बेला आएको जिकिर गरिन् ।

त्यस्तै उनले खानेपानीको समस्याका कारण देशका बिभिन्न स्थानका जनताहरु समस्या रहेको भन्दै यसमा पनि बिशेष ध्यान दिनुपर्ने र प्राकृतिक स्रोतहरुलाई जोगाउनुपर्ने धारणा राखिन् ।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको संगठन बलियो भएका कारण पार्टी अहिलेको अवस्थामा आइपुगेको बताए । उनले अहिले पनि एमाले विद्यार्थीसंगठनसंग चुनावमा प्रतिष्पर्धा गर्ने हिम्मत कसैसंग नभएको जिकिर गरे । ओलीले सहकारीमा गैर सहकारीलाहरुको प्रवेश भएकाले केही सहकारी बदनाम भएको बताए । उनले साँचो उदेश्यका साथ स्थापना भएका सहकारी अहिले पनि संकटग्रस्त नरहेको उल्लेख गरे ।

दुई दिनसम्म चल्ने भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विषद् चर्चा गरिने र महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने एमालेले जनाएको छ । भेलामा पार्टीका केन्द्रीय सदस्यहरु, नेकपा (एमाले) आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी लगाएतको सहभागीता रहेको छ ।