काठमाडौँ– ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा अर्का एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेका तेमाल गाउँपालिका घर भएका ४५ वर्षीया थर्कमान लामा पक्राउ परेका हुन् ।
कान्छामान भनेर समेत चिनिने थर्कमानलाई केन्द्रीय अुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो । लामालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको सीआईबी स्रोतले पुष्टि गरेको छ ।
उनी नेपाली कांग्रेसमा आबद्ध रहेको बुझिएको छ । उनलाई सीआईबीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।