काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नगर प्रमुख बालेन्द्र साह ‘बालेन’ र २२ वडाका अध्यक्ष चिनीकाजी महर्जनबीच घम्साघम्सी परेको छ ।


ADVERTISEMENT


शुक्रवार ३२ औँ नगर कार्यपालिका बैठकमा चिनिकाजीले बैठकको कार्यतालिकामा प्रवेश गर्नुअगावै महानगरले आफ्नो अनुपस्थितीमा नगर प्रहरीले ६÷७ वटा फाइलहरु लिएर गएकोप्रति असन्तुष्टि व्यक्त गरे । ‘कुन कारणले के कारणले हो ?’, प्रश्न गर्दै उनले भने, ‘जबकी हाम्रो संस्थाभित्र हाम्रा फाइलहरु अध्ययन गर्ने, अभिलेखहरु अध्ययन गर्ने एउटा प्रणाली सिस्टम छ ।’


ADVERTISEMENT

# # #


आफूहरुले वर्ष भरिका अभिलेखहरु अध्ययन गर्ने अभ्यासका बाबजुद महानगरले कुन शैलीमा आफ्नै घरभित्रबाट फाइल लैजाँदा त्सको भरपाई आवश्यक भए÷नभएको समेत प्रश्न राखे । ‘भोलि मेरा सेवाग्राहीहरुले कर तिर्न आयो भने कुन आधारमा लिने ? कसको फाइल लगेको हो कसको नलगेको हो कसरी थाहा पाउने ? फाइलहरु सबै भताभुंग छ । यो शैली के हो ? कसको आदेशमा भएको छ ?’ उनले थपे । फाइलहरु तरकारी बोरामा हालेर लगेजस्तै लगेको भन्दै उनले बैठकमा सोको जवाफ समेत मागेका छन् ।

महर्जनको कुरा सकिएपछि महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियारले सो लिइएको फाइलहरु घरबहाल करसम्बन्धि रहेको बताए । वडाले आन्तरिक राजस्व विभाग र महानगरलाई बुझाएको फाइलका विवरणहरु फरक देखिन आएकाले सोको अध्ययनका लागि फाइल लगिएको र सो २२ वडामा मात्रै नभई अन्य वडाका फाइलहरु पनि अध्ययन गरिएको स्पष्ट पारे ।

पुनः चिनीकाजीले महानगर आफ्नो कार्यप्रति उत्तरदायित्व रहेको छ ? भन्ने प्रश्न गर्दै कति ओटा फाइल गएको छ ? भन्ने पश्न गरे जवाफमा प्रदीपले १७ बण्डल लिएको बताए । उनको कुरा बीचैमा काट्दै महर्जनले भने, ‘त्यहाँ मैले बुझे अनुसार १७ बण्डल छ । अहिले पनि थाहा पाउनु भएन । यसरी डकैती स्टाइलमा के गर्न खोज्नु भएको ? के हो यसरी ?’ महर्जनले आफु महानगरको प्रतिपक्ष हो र ? भनी प्रश्न समेत गर्न भ्याए । यस्तै उनले आफ्नै वडामा सडक बन्ने कुरा पत्रिकामार्फत थाहापाउनु पर्ने स्थिती रहेको बताए ।

उनको कुरा नसक्दै बालेन भने, ‘तर्पाईको वडामा पत्रिका पढेर थाहा पाउनु भयो की २४ वडामा ?’ २४ वडामा फुटपाथ बढाउन वडाअध्यक्षले मान्छेलाई हिड्न गाहृो भयो भनेर फुटपाथ बढाउन खोज्दा तपाईलाई के समस्या आयो ? भन्दै प्रतिप्रश्न गरे ।

त्यसपछि महर्जनले भने, ‘तपाईले कहाँको कुरा गर्दै हुनुहुन्छ ? न्यूराडे २४ वडामा पर्छ ?’ बालेनले भन्छन्, ‘अहिले फुटपाथ बढाउने कुरा २४ वडामा भइराखेको छ । २४ मा फुटपाथ बढाउँदा तपाईलाई समस्या के पर्छ ?’ आक्रोशित हुँदै महर्जन भने, ‘तपाईलाई भुगोलको ज्ञान नभएको न्यूरोड कति वडामा पर्छ ?’ बालेनले आफ्नै कुरामा अडिग रहँदै भने, ‘हैन २४ वडामा फुटपाथ बढाउँदा तपाईलाई समस्या के हो ?’

त्यसपछि सम्हालिदैँ महर्जन भन्छन्, ‘न्यूरोड भनेको २४ मात्रै हो ?’, प्रतिउत्तरमा बालेनले सोधे, ‘हलिे काम कहाँ भइराखेको छ ?’ हाल २४ मा काम भइराखेको र २२ मा शुरु भइनसकेको भन्दै त्यसमा के समस्या भयो भन्दै साहले पुनः सोधे । अक्मकिँदै महर्जनले भने, ‘के समस्या भयो भन्नु ?’ पहिलेकै कुरा दोहोर्‍याउँदै बालेनले भने, ‘२४ वडामा काम भइरहँदा त्यहाँको वडाध्यक्षलाई समस्या छैन भने तपाईलाई के समस्या भयो ?’ जवाफमा महर्जजनले भने, ‘मैले के भने ?’ अनि बालेन भन्छन्, ‘अहिले के भन्दै हुनुहुन्छ ? भर्खरै भन्दै हुनुहुन्छ त ?’

चिनीकाजीले नयाँ सडकमा अहिले २४ वडाको मात्रै काम गर्न खोजेको हो भन्ने प्रश्नमा बालेनले पुुनः रेडिमेड जवाफ फर्काए, ‘अहिले २४ मा हुँदैछ काम ।’ पुनः महर्जनको २४ वडाको मात्रै काम गर्न खोजेको हो भन्ने प्रश्नमा बालेनले ‘हो’ भन्ने जवाफ फर्काए । तर यसअघिको बैठकमा बालेनले म यो काम गर्दिन भन्ने अभिव्यक्ति दिएको महर्जनले आरोप लगाए । लगत्तै बालेनले आफूले त्यसो नभनेर बरु सबै संगै सहकार्य गर्नुपर्छ भनेको स्मरण गराउँदै भने, ‘ अहिले आएर कुरा फरक गर्न पाइदैन नि !’

बैठकमा प्रवेश हुुनुभन्दा झण्डै २० मिनेट यसै विषयमा यी दुईबीच ऐन नियम कानुन सिक्ने सिकाउने विवाद जारी थियो भन्ने अन्य वडााध्यक्षहरु भने उनीहरुको विवाद चुपचाप सुनिरहेका थिए ।