काठमाडौँ – महालक्ष्मी विकास बैंकले ३० औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, संस्करण ३, जेष्ठ २२ गते देखि जेष्ठ २४ गते सम्म इमाडोल, ललितपुर स्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा सञ्चालन गर्ने भएको छ ।


ADVERTISEMENT


हरेक वर्ष झै यो वर्ष पनि वार्षिक उत्सवको अवसरमा उक्त क्रिकेट लिग गर्न लागिएको हो । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहने क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगितको रुपमा रहेको छ । कूल ३१ खेलहरु हुने र १६० जना खेलाडीहरु रहने उक्त लिगमा ७ वाणिज्य बैंकहरु, ८ विकास बैंक तथा १ वित्त कम्पनीको सहभागिता रहने छ । उक्त लिगको उद्घाटन समारोह जेष्ठ २२ गते बिहान ७ बजे र समापन तथा पुरस्कार वितरण समारोह जेष्ठ २५ गते हुनेछ ।


ADVERTISEMENT

# # #


आज आयोजित पुर्व प्रतियोगिता भेटघाट तथा टाई सिट कार्यक्रममा महालक्ष्मी विकास बैंकका कम्पनी सचिव तथा विभागीय प्रमुखहरुले विजेता ट्रफी र जर्सी सार्वजनिक गरेका थिए । साथै सोही कार्यक्रममा टिम कप्तानहरुलाई जर्सी वितरण गरेका थिए ।

लिग कम नक आउट ढाँचामा आयोजना हुने प्रतियोगितामा कुल ३१ वटा खेल खेलिनेछन् । सहभागी १६ टोलिलाई ४ वटा समूहमा विभाजन गरिनेछ । जसबाट समुहको उत्कृष्ट हुने दुई समुह क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रति इनिंग्सको हुनेछ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, ऐभरेष्ट बैंक, नबिल बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्सको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक सामाजिक सञ्जाल(फेसबुक÷युटयुब च्यानल) मार्फत हुनेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । गत पुस २८ गते सम्पन्न बैंकको २२औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।