काठमाडौँ – चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रर्दशनी शुरु भएको छ । भरतपुरको चितवन एक्स्पो सेन्टरमा शुरु भएको प्रर्दशनीको भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले उद्घाटन गरेकी थिइन् ।
प्रर्दशनीमा नेपाल भारत जर्मन बेल्जीयम नेदरल्याण्ड चीन अमेरीका टर्की मलेसिया सिगापुर ताईवान ईटली ईजरायल र बग्लादेशका १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् । प्रर्दशनीमा आधुनिक प्रविधि गुणस्तरीय औषधी फिड सप्लिमेण्ट डेरी उद्योग पोल्ट्री उद्योग दाना ह्याचरी उद्योग र मासुजन्य उद्योग लगाएत सम्पुर्ण पशुपन्छी पालन प्रशोधन र बजारीकरण सम्बन्धि विभिन्न क्षेत्र समेटेर जानकारी लिन सकिने नेपाल पोल्ट्री महासघले जनाएको छ ।
प्रर्दशनी ३ दिन सम्म संचालन हुने छ । उक्त प्रर्दशनीमा पोल्ट्री पाठशाला पनि सञ्चालन गरीएको छ । पाठशालामा विभिन्न देशका पोल्ट्री विज्ञहरुले पोल्ट्रीमा भईरहेको नवीनतम र अत्याधुनिक प्रबिधि र यन्त्रकारे जानकारी गराउने छन् । उक्त अबसरमा भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले भरतपुरमा आयोजना गरिएको अन्तराष्ट्रिय पोल्ट्री प्रर्दशनीले भरतपुर भ्रमण वर्षलाई मद्दत पुगेको उल्लेख गर्दै प्रर्दशनीले शिथिल अवस्थामा रहेको व्यापार व्यवसाय चलायमान हुने बताइन् ।
कार्यक्रममा नेपाल पोल्ट्री महासघका केन्द्रीय अध्यक्ष गुणचन्द्र बिष्टले नेपाली पोल्ट्री क्षेत्रको समग्र बिकास तथा नविनतम अत्याधुनिक प्रविधि गरी पोल्ट्रीको ब्यबशायिक विकास गर्ने र आर्थीक क्रियाकलाप चलायमान गराउने उद्देश्यले अन्तराष्ट्रिय प्रर्दशनीको आयोजना गरीएको बताए ।
प्रर्दशनी नेपाल पोल्ट्री महासघ र इण्डिया पोल्ट्री ईक्युप्मेण्ट एशोसिएशनको सयुक्त आयोजनामा भएको हो । प्रर्दशनीले पोल्ट्री व्यवसायी र पोल्ट्री व्यवसाय गर्न चाहने किसानहरुलाई अत्याधुनिक प्रविधिबारे जानकारी हुने आयोजकको विश्वास छ ।


























































