काठमाडौँ – प्रहरीले सहकारी ठगी प्रकरणमा प्रकाउ गरेका चन्द्रबहादुर तामाङ (सीबी लामा) लाई सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्र्दै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमा बचतकर्ताको डेड अर्ब भन्दा बढि रुपैया ठगी गरेको आरोपमा पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामामाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ८५२ जना र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा ५४ जनाको निवेदन परेको जानकारी दिए ।

प्रहरी वृत्त नयाँ बानेश्वरमा मुद्दा दर्ता भई दुई/तीन महिनादेखि नै फरार रहेको अवस्थामा लामालाई जेठ १८ गते चितवनबाट पक्राउ गरिएको उनले बताए ।

प्रहरीले सार्वजनिक गर्ने क्रममा पक्राउ परेका लामाले आफुमाथि झुठो आरोप लगाइएको भन्दै अदालतले न्याय दिने दाबी गरे ।

२०५५ देखि ७६ सालसम्म कान्तिपुर सहकारीको अध्यक्ष रहेका लामा एउटै व्यक्ति दुई संस्थाको अध्यक्ष हुन नपाउने नियम लगाएपछि राजीनामा दिएको प्रहरीले जनाएको छ । उनको बिभिन्न प्रहरी इकाइहरुमा गरि अन्य चार वटा बैंकिङ कसुरको मुद्दा चलेको र तीन वटा मुद्दामा फरार रहेको पाइएको समेत प्रहरीले जनाएको छ ।