काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले बजेटमा असन्तुष्ट नरहेको बताएका हुन् । उनले सत्ता साझेदार दलसंग छलफल भएको भए बजेट अझ राम्रो हुने आफ्नो धारणा रहेको प्रतिक्रिया दिए ।
यसअघि शनिबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले बजेट अर्थमन्त्रीले भन्दा पार्टीले ल्याएको जस्तो भएको टिप्पणी गरेका थिए ।


























































