काठमाडौँ- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा साइकल र्यालीको आयोजना गरेको छ ।
बुधवार बिहान ६ बजे कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौरबाट शुरु भएको र्याली त्रिपुरेश्वर्रबाट दरवारमार्ग हुंदै पुनः नारायणचौरसम्म सकिएको थियो ।
¥यालीमा वातावरणलाई स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जयहोस, जीवनभर वातावरण मैत्री कार्यमा हात बढायौं, प्रकृति प्रेमीलाई जीवनभर दुःख हुंदैन, सफा आकाश र सफा हृदय मानिसको पहिचान हो जस्ता नारा ब्यानरहरु प्रर्दशन गरिएका थिए ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत कर्मचारीहरु, अभिनेत्री–साहसी पर्वतारोही तथा समाजसेवी छिरिङ्ग शेर्पा, लायन्स क्लब अफ काठमाण्डौं पिस आइडलका पदाधिकारी तथा प्रतिनिधीहरु तथा स्पार्क ग्रुपका प्रतिनिधीको उपस्थिति थियो ।
वातावरण दिवसको अवसरमा नेपालको इतिहासमा पहिलोपटक निर्जीवन बीमाको तर्फबाट आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरु नारायणचौरमा नेपालको झण्डाको साथमा मानव निर्मित कम्पनीको लोगो बनाएर हर्षाेल्लासका साकइकल ¥यालिमा सहभागि थिए ।
उक्त कार्यक्रमको समापन समारोहका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले लाईन्स क्लब अफ काठमाण्डौं पिस आइडियलका प्रतिनिधीहरुलाई विभिन्न जातजातका बिरुवाहरु हस्तान्तरण गरे।
निर्जीवन बीमाको क्षेत्रमा आइजीआई प्रुडेन्सियल सबैभन्दा ठूलो बीमा कम्पनी हो । कम्पनीले सम्पत्ती, सामून्द्रिक मोटर, इन्जिनियरिङ, हवाई, कृषि तथा पशुपन्छि, स्वस्थ्य, लघु लगायत थुप्रै विविध बीमाहरु मार्फत देशको सातवटै प्रदेशहरुमा रहेका ८० भन्दा बढी शाखा तथा सम्पर्क कार्यालयहरुबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । पछिल्लो समय बीमालेख जारी तथा दावी भुक्तानीलाई सहज र सरल बनाउदै कम्पनीले अनलाईन बीमा सेवा समेत शुरु गर्दै आएको छ ।
उक्त कार्यक्रम सामाजिक क्षेत्रमा कार्य गर्दै आएको लायन्स क्लब अफ काठमाडौँ पिस आइडल र स्पार्क ग्रुपको सहकार्यमा सम्पन्न भयो । कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौं पिस आइडलका अध्यक्ष शिव श्रेष्ठले यस्ता कार्यक्रमहरुले युवा वर्गमा वातावरण संरक्षण सहित स्थस्थ्य जीवनशैलीतर्फ आकर्षण गर्न मद्दत हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमको अन्तमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा सहयोगी भूमिका निर्वाह गर्नुहुने, प्रमुख जिल्ला अधिकार–काठमाण्डौं, काठमाण्डौं महानगरपालिका, वडा अध्यक्ष–का.म.न.पा वडा नं १, नेपाल प्रहरी, करुणा अस्पताल, लायन्स क्लप अफ काठमाडौँ पिस आइडल, स्पार्क ग्रुप लगायत उपस्थित सबैलाई धन्यवाद दिए ।
साथै, उक्त अवसरमा कम्पनीका उच्च व्यवस्थापनबाट साइकल ¥यालिमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरियो ।






























































