पोखरा – गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिने भएका छन् ।


ADVERTISEMENT


सर्वोच्चको परमादेश अनुसार जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले बजेटअघि नै विश्वासको मत लिने निर्णय गरेका हुन् ।


ADVERTISEMENT

# # #


विश्वासको मत प्रयोजनका लागि २८ गते दिउँसो ३ बजे गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ । प्रदेशसभाका सूचना अधिकारी प्रेम सुवेदीले सरकारको प्राप्त भई सभामुखबाट बैठक आह्वान भएको जानकारी दिए ।

संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका पाण्डेसँग अहिलेसम्म कांग्रेसका २७ सांसदको मात्र समर्थन छ । ६० सदस्यीय सदनमा विश्वासको मतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । त्यसका लागि सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, स्वतन्त्र सांसद एक र अर्का एक सांसदको पनि समर्थन पाउँछन् ।

असार १ गते बजेट ल्याउनैपर्ने बाध्यता र त्यसअघि नीति तथा कार्यक्रम पेश गरी पारित गर्न विश्वासको मत लिनैपर्ने अवस्थामा सरकार थियो । पाण्डे नेतृत्वको सरकारले विश्वासको मत नपाए गण्डकीमा संविधानको धारा १६८ को (५) बमोजिम सरकार बन्ने अवस्था आउँछ ।