काठमाडौँ – उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाको बाँकी कामलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


पूर्व शिक्षामन्त्री डी.आर.पौडेलको पाँचौँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो टुङ्गोमा पुर्याउँदै राष्ट्रिय सहमतिका साथ समग्र शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले मुलुकमा दिगो शान्ति स्थापनाका लागि शान्ति प्रक्रियालाई अल्झाईराख्न नहुने धारणा राखे । श्रेष्ठले राजनीतिक परिवर्तनलाई अधिकारमा मात्रै समिति नराखी यसका आधारमा मुलुकमा आार्थिक विकास र समृद्धिको कार्यभारलाई पुरा गर्नुपर्ने बताए । व्यवस्था परिवर्तनका साथै जनतामा परिवर्तनको महशुस हुने गरी काम गर्नुपर्ने उनको भनाइ छ ।

उनले समाजवाद उन्मुख समावेशी विशेषतालाई स्थापित गर्न सबै दलहरु गम्भीर भएर लाग्नुपर्ने धारणा राखे ।