काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकासको बाटोतर्फ अघि बढाउने राष्ट्रिय शक्ति एमालेलाई निर्णायक तहमा पुग्न नदिन मित्था अनर्गन प्रचार गरिएको बताएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र बितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मित्था अनर्गन प्रचार गरिएको बताएका हुन् ।
गिरीबन्धुलाई बेतिथी गर्नबाट रोक्नका लागि एमाले सरकारले कानुन बनाएकै कारण बेचेर खान नपाइने भयो भनेर एमालेको विरोधमा स्यालहुँइया मच्चाएको उनले बताए ।
अध्यक्ष ओलीले कांग्रेस वर्षौंसम्म सरकारको नेतृत्व गरेर बसेपनि सिन्को भाच्न नसकेको उल्लेख गरे । उनले धाँधली गरेर कांग्रेसले चुनाव जितेको भन्दै स्वस्थ प्रतिष्पर्धामा आउन चुनौती दिए ।
ओलीले देशलाई बिकास गर्नका लागि एमालेलाई स्पष्ट बहुमत चाहिएको भन्दै मिशन ८४ मा केन्द्रीत हुन निर्देशन दिए । ओलीले पार्टीभित्रको एकताकै कारण एमाले सिद्धाउछौँ भन्नेहरु असफल भएको जिकिर गरे । उनले पार्टीभित्र अन्तरसंघर्ष नभई अन्तरसम्वादका माध्यमबाट अघि बढ्नुपर्ने धारणा राखे ।



























































