ताप्लेजुङ-ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । दुई जना घाईते भएका छन् ।
जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति आएको पहिरोमा पुरिएर ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो ।
फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा परेर ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन् ।
बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



























































