विराटनगर– एन एम वि बैंक विराटनगरले विश्व रक्तदाता दिवसको अबसरमा नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको विराटनगर शाखामा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारीहरूको उत्साहप्रद सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा कूल ३७ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राही एवम् रक्तदाताको उल्लेखिय सहभागिता रहेको कार्यक्रम संयोजक सन्तोष प्रसाद दाहालले जानकारी दिए ।
रक्तदाता कर्मचारी तथा सर्वसाधारणलाई सम्मान स्वरूप बैंकका विराटनगर शाखा प्रमुख रमेश अधिकारीले प्रशंसा पत्र प्रदान गरेका थिए ।




























































