काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आइडल विजेता करण परियारलाई बधाई दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले करणलाई बधाई दिएका हुन् ।
उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले परियारलाई गितार उपहार दिएका थिए । प्रधानमन्त्री पैचण्डले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए ।
परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीसंगको भेटपछि करणले प्रधानमन्त्रीले भेट्न बोलाउदा निकै खुसी लागेको बताए । उनले आफुले सांगितिक क्षेत्रलाई निरन्तर अघि बढाउने पनि बताए ।



























































