काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा ऋषिराज जोशी नियुक्त भएका छन्।
संस्थाको सञ्चालक समितिको बैठकले जोशीलाई अध्यक्ष पदको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
लघुवित्त तथा वित्तीय क्षेत्रको लामो अनुभव बोकेका जोशीले संस्थाको नेतृत्व सम्हाल्दै सुशासन, वित्तीय समावेशीकरण तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राख्ने बताएका छन्।
नवनियुक्त अध्यक्ष जोशीले संस्थाको दिगो विकास, सेवा विस्तार तथा सदस्यहरूको आर्थिक सशक्तीकरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
उनले संस्थालाई थप प्रविधिमैत्री, पारदर्शी र सदस्यकेन्द्रित बनाउने लक्ष्यसमेत अघि सारे।छिमेक लघुवित्त देशकै अग्रणी लघुवित्त संस्थामध्ये एक हो।संस्थाले देशभरका लाखौं महिला सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ।
हाल संस्थाले विभिन्न जिल्लामा शाखा सञ्जालमार्फत वित्तीय सेवा विस्तार गरिरहेको छ।



























































