चितवन – चितवन भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले आगामी आर्थीक वर्ष २०८१/८२ को लागि महानगरले विभिन्न विषयगत बिज्ञहरुको राय र सुझाव अनुसार नै नीति कार्यक्रमहरु ल्याईएको बताएकी छन् ।


ADVERTISEMENT


चितवनको भरतपुरमा १५ औ नगर सभाबाट पारित नीति तथा कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएकी हुन् । उनले निति तथा कार्यक्रम नगर सभाका सदश्यहरु नागरीक समाज राजनिति दल र बिभिन्न संघ सस्थाहरुको राय सुझाव र सहमतिमा नीति तथा कार्यक्रम ल्याईएको बताइन् ।


ADVERTISEMENT

# # #


उनले महानगरले ७ वर्षमा पूर्वाधारको क्षेत्रमा धेरै ठूलो फड्को मारेको बताउदै नीति तथा कार्यक्रमले महानगरको भौत्तिक पूर्वाधारका साथै शिक्षा स्वास्थ्य कृषि लगायतको क्षेत्रलाई समेटेको बताइन् । ७ वर्षको अवधिमा कररब ८ सय किलोमिटर सडक निर्माणका साथै अन्तराष्ट्रिय क्रिकेट रगशाला नारायणी नदी तटबन्धन र रिङ्ग रोड जस्ता राष्ट्रिय गौरवको आयोजनाहरु संचालनमा रहेको बताइन्।

त्यस्तै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थीक वर्षको लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार बजेट प्रस्तुत गरेको बताए । गत आर्थिक वर्षमा पुजीगत खर्च ५१ प्रतिसत भएकोमा चालु आर्थीक वर्षमा ३६ प्रतिशत मात्र खर्च भएको र त्यसलाई लक्ष्यमा पुर्याउने उनले बताए ।

उनले बजेटको प्राथमिकता सहरी पूर्वाधार भूउपयोग तथा वस्तिविकास र अधुरो योजनाहरुको निरन्तरता, कृषि तथा पशु विकास कार्यक्रम शिक्षा स्वास्थ्य र निजी क्षेत्रसँग सहकार्य लगायत रहेको बताए ।