काठमाडौँ – अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।


ADVERTISEMENT


बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उक्त विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।


ADVERTISEMENT

# # #


त्यसअघि विधेयकमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिदै मन्त्री तामाङले राज्यलाई थप कुनै आर्थिक भार नपर्ने गरी पुराना अभिलेखहरुको संरक्षण एवं नयाँ प्रविधिबाट डिजिटलाइजेशन गरिने बताए । उनले तीनै तहको सरकारमा सरकारको सार्वजनिक रेकर्ड व्यवस्थापनलाई एकरुपता कायम गरी समयानुकल बनाउनका लागि पनि विधेयक ल्याएको उल्लेख गरे ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बोलाइएको छ ।