काठमाडौँ– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले ८० प्रतिशतसम्म फाइनान्स सुविधामा सिट्रोन सी३ को पेट्रोल भर्सन बिक्री गर्ने योजना ल्याएको छ।


ADVERTISEMENT


यो नयाँ योजना अन्तर्गत सिट्रोन सी३ पेट्रोल कार खरिद गर्दा ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरे पुग्ने जनाइएको छ।


ADVERTISEMENT

# # #


जसअनुसार ३६ लाख ५० हजार रूपैयाँ पर्ने यो कार किन्नका लागि ग्राहकले सुरूमा ७ लाख २० हजार रूपैयाँ भुक्तानी गरे पुग्छ। बाँकी रकमलाई भने सरल किस्ताबन्दीमा भुक्तानी गर्न सकिने कम्पनीको भनाइ छ।

इलेक्ट्रिक कारको वर्चश्व बढ्दै गएको अटो बजारमा पछिल्लो समय पेट्रोलियम कारको बिक्री बढाउन विभिन्न कम्पनीले आकर्षक स्किम ल्याएका छन्।

सोही क्रममा सांग्रिला मोटर्सले पनि इभीमा जस्तै २० प्रतिशत डाउनपेमेन्ट गरेर सी३ पेट्रोल भर्सन किन्न सकिने योजना ल्याएको हो। सिट्रोन सी३ मा १ हजार २०० सिसी क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ।

उक्त इन्जिनले ८२ पिएस पावर र ११५ एनएम टर्क जेनेरेट गर्दछ भने इन्जिनलाई ५ स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ।

फ्रन्ट ह्विल ड्राइभ सिस्टम भएको यो कारको टप स्पिड १४० किलोमिटर छ। यसले १ लिटर पेट्रलको खपतमा १९ किलोमिटर माइलेज दिने दाबी गरिएको छ। उक्त गाडीको ग्राउन्ड क्लिरियन्स १८० एमएम छ।

सिट्रोन सी३ मा १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ४ स्पिकर अडियो सिस्टम, एबिएस, इबिडी, डुअल एयरब्याग लागयत फिचर पाउन सकिन्छ।

युरो एनक्यापमा यसले सुरक्षाका लागि फोर स्टार रेटिङ पाएको बताइएको छ।