काठमाडौँ– नेकपा एमालेले तत्काल नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमालेका सांसद ठाकुर गैरेले मुलक प्राकृतिक प्रकोपको विपत्तीमा परेको भन्दै मुलुकको समस्या समाधानका लागि नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन अनुरोध गरेका हुन् ।


ADVERTISEMENT

# # #


उहाले लोकतान्त्रिक शासनमा सरकार अल्पमतमा परेपछि एक सेकेण्डपनि सरकारका बस्ने नैतिक आधार नरहने धारणा राखे । उनले वर्ष शुुरु भएको छोटो समयमा नै ठूलो जनधनको क्षति भएको र जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल र व्यवस्थापन हुन नसकेको बताए ।

त्यस्तै अर्का सांसद विद्या भट्टराईले प्राकृतिक प्रकोपबाट मुलुक अस्तव्यस्त हुँदा पनि सरकार कहाँ छ भन्ने प्रश्न उठेको धारणा राखिन् । उनले नागरिकको समस्या समाधानका लागि पनि तत्काल नयाँ सरकार गठन हुनुपर्ने बताइन् ।

त्यस्तै सांसदहरुले बाढी पहिरोमा बेपत्ता भएकाहरूको खोजी, घाइतेको निःशुल्क उपचार, राहत र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै उनीहरुले बाढी पहिरोबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माण गर्दै सहज आवतजावतको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।