काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । यद्दपि उनलाई पार्टी साधारण सदस्यमा भने कायम राखिएको छ ।


ADVERTISEMENT

# # #


पार्टी कार्यालय बनस्थलीमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले यसअघिको बैठकमा अराजनीतिक व्यवहार गरेको सन्दर्भमा ढकाललाई निलम्बन गरिएको अवस्थामा अनुशासन समितिको प्रतिवेदनका आधारमा पदबाट बर्खास्त गर्ने निर्णय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा अनुशासन समितिको प्रतिवेदनका बारेमा विस्तृत छलफल भएको र प्रतिवेदनको सिफारिस अनुसार पार्टीको विधान धारा ५६ उपधारा ३ बमोजिम पार्टीको साधारण सदस्य कायम राखि महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको उनले बताए ।

केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावदेनका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।ढकालको स्पष्टीकरण विधि प्रक्रिया बिपरित रहेको ठहर प्रतिवेदनमा उल्लेख गरिएको उनको जिकीर छ ।

यसअघिको बैठकले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र कार्यवाहक प्रवक्तामा मनिष झालाई तोकेबमोजिम अर्को महामन्त्री र प्रवक्ता नबन्दासम्म उनीहरूले नै जिम्मेवारी सम्हाल्ने जनाइएको छ ।