काठमाडौँ– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतिन्वमा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्तालाई नेपालगंज र महेन्द्रनगरमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।


ADVERTISEMENT


सम्मान कार्यक्रममा प्रवन्धक विवेक शर्माज्यूले उपस्थित अभिकर्ताहरुलाई आ–आफ्नो लक्ष्य पुरा गर्ने अन्तिम अवसर भएको हुँदा यस समयमा टिम लिडर अभिकर्ताहरु विशेष चनाखो भई आफ्नो र आफ्नो मातहातको अभिकर्ताहरुको लक्ष्य प्राप्तीमा विशेष जोड दिनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृतले नेपालको बीमा बजारमा बीमितहरुलाई सबै भन्दा बढि बोनस प्रदान गर्दै आएको यस कम्पनीले पुनः आफ्नो बोनस दरलाई सबै जनाको प्रयासबाट यथावत राख्न सफल भएकोमा अभिकर्ता समूहलाई विशेष धन्यवाद व्यक्त गरे ।

उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार नेपालगंजमा लुम्विनी र कर्णाली प्रदेशका अभिकर्ताहरुलाई र महेन्द्रनगरमा सुदुर पश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए ।

यसभन्दा अगाडी इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुलाई र काठमाण्डौमा बागमती प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिसकेको जानकारी दिदैँ उनले अन्य बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने बताए ।