काठमाडौँ – जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि बिषयगत समितिमा पठाइएको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभाको मंगलबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।


ADVERTISEMENT

# # #


बैठकले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पनि पेस गरे । प्रतिनिधिसभाको अर्को बैठक असार २७ गते दिउँसो ४ चार बजे बोलाइएको छ ।