काठमाडौँ – धितोपत्र बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहारो अंकले बढेको छ । नेप्से मंगलबार १५.७९ अङ्कले बढेर २ हजार १५२.१४ अंकमा बन्द भएको हो ।


ADVERTISEMENT


यस्तै सेन्सेटिभ इण्डेक्स ३.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंक बढेको छ। नेप्से मंगलबार विभिन्न ३१६ स्कटक कम्पनीका १ करोड १६ लाख ६१ हजार कित्ता शेयर ६६ हजार ७१६ पटक खरिदविक्री भई ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।


ADVERTISEMENT

# # #


कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने युनिक नेपाल लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।

यता नेपाल फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ४ प्रतिशत घटेको छ। यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को शेयर मूल्य ५.४७, नेपाल फाइनान्सको ४ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) को शेयर मूल्य ३.९० प्रतिशतले घटेको छ।

विभिन्न १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। जस अनुसार लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशत बढ्दा विकास बैंक उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ । यस्तै वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ।