काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा यही असार ३० देखि ललित स्मृति एन्फा यु–१८ युथ लिग आयोजना हुने भएको छ ।


ADVERTISEMENT


एन्फाले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा यु–१८ युथ लिग आयोजना गरिएको जानकारी दिएको हो । लिगमा एपीएफ फुटवल क्लब, चर्च व्याइज फुटबल क्लब, एफसी खुमलटार, मछिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, सातदोबाटो युथ क्लब, श्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब गरि १२ क्लव सहभागी हुने एन्फा प्रवक्ता सुरेश शाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


खेल डबल राउन्ड रोविनका आधारमा हुने उनले बताए । उनले एन्फाले खेलको तयारी खर्च स्वरुप ३ लाख ५० हजार रुपैयाँ हरेक सहभागी क्लबहरुलाई उपलब्ध गराउने जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ, उपविजेता टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समान १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रवक्ता शाहले बताए । प्रतियोगिताको अनुमानित खर्च ८१ लाख ९१ हजार रुपैया रहेको र प्रतियोगीता फिफाको ट्यालेन्ट डेभलवमेन्ट स्कीम परियोजना अन्तर्गत सम्पन्न गर्न लागेको एन्फाले जनाएको छ ।