काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बुधबार समितिले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरुसंग छलफल गरेको हो । सो क्रममा उनीहरुले बचत फिर्ताका लागि आन्दोलन गरे पनि सरकारले आफुहरुको समस्या नसुनेको गुनासो गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यस्तै उनीहरुले अधिकांश सहकारी ठगहरु स्वदेशमा रहेपनि सरकारले देश बाहिर रहेका सहकारीलाई मात्र खोज्ने प्रयास गरेको बताएका छन् । समिति संयोजक सूर्य थापाले सहकारी पीडितलाई न्याय दिन आवश्यक सुझाव दिनका लागि पीडितहरुसंग छलफल गरेको बताए ।

बचतको अपचलन गर्ने नियतका साथ आएका सहकारीले ठगी गरेकाले सबै सहकारीले ठगी गरेको नबुझ्न उनले सहकारी पीडितलाई आग्रह गरे । संयोजक थापाले तथ्यप्राप्त गर्नका लागि जेलमा रहेका सहकारी ठगि गर्नेलाई पनि सोधपुछ गर्ने बताए ।

सहकारी ठगी गरेर विदेशमा लुकेकालाई पनि नेपाल ल्याउनका लागि आवश्यक कानूनका बारेमा जानकारी लिएको उनको भनाइ छ । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।