काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकारको दाबी गर्न एमाले–कांग्रेस तयारी अवस्थामा रहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान हुनेबितिकै दावी प्रस्तुतका लागि तयारी अवस्थामा रहेको बताएका हुन् । उनले नयाँ सरकार बन्न ढोका खुलेको र एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठनका लागि दाबी प्रस्तुत हुने जिकिर गरे ।


ADVERTISEMENT

# # #


त्यस्तै एमाले नेता योगेश भट्टराईले अव संविधानको धारा ७६(२) अनुसार कै सरकार बन्ने बताए । उनले कांग्रेस–एमालेका साथै अन्य केहि दलले पनि नयाँ सरकार गठनका लागि समर्थनमा हस्ताक्षर गरेको जानकारी दिए ।

उनले मन्त्रालय बाँडफाँट ठूलो समस्या नभएको भन्दै सरकारको दावी प्रस्तुत हुनेबितिकै टुङ्गो लाग्ने उल्लेख गरे ।