काठमाडौं-  बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल, उद्यमी तथा पूर्व मिस नेपाल वर्ल्ड अस्मी श्रेष्ठलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।


ADVERTISEMENT


कम्पनीका अनुसार अस्मी श्रेष्ठको व्यक्तित्व, जीवनशैली, सिर्जनशीलता तथा उद्यमशीलताले बोश होम एप्लायन्सेसको प्रिमियम गुणस्तर, आधुनिक प्रविधि, आकर्षक डिजाइन र विश्वसनीय प्रदर्शनप्रतिको प्रतिबद्धतासँग मेल खाने भएकाले उनलाई ब्रान्ड एम्बेसडरका रूपमा चयन गरिएको हो।


ADVERTISEMENT

# # #


मिस नेपाल वर्ल्ड २०१६ विजेता तथा मिस वर्ल्ड २०१६ मा नेपालको प्रतिनिधित्व गरेकी अस्मी फेसन र ब्रान्ड एन्डोर्समेन्ट क्षेत्रसँगै  संस्थापकका रूपमा पनि परिचित छिन्। डिजाइन र नवप्रवर्तनप्रतिको उनको रुचिका कारण उनी नेपालकी प्रभावशाली सार्वजनिक व्यक्तित्वमध्ये एक मानिन्छिन्।

कम्पनीले यस साझेदारीमार्फत नेपालमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउँदै प्रिमियम, भरपर्दो र आकर्षक डिजाइन भएका घरेलु उपकरण खोज्ने उपभोक्तासँग थप नजिकिने लक्ष्य राखेको जनाएको छ।

बोश होम एप्लायन्सेस जर्मन इन्जिनियरिङ, नवीन प्रविधि, दीर्घकालीन गुणस्तर तथा दिगो डिजाइनका लागि परिचित विश्वव्यापी घरेलु उपकरण ब्रान्ड हो। नेपालमा कम्पनीले फ्रन्ट–लोड वासिङ मेसिन, रेफ्रिजरेटर, डिशवासर तथा बिल्ट–इन किचन एप्लायन्सेस उपलब्ध गराउँदै आएको छ।