काठमाडौँ – निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसंग भेटवार्ता गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा विश्वासको मत नपाएपछि प्रचण्ड सिधै शितल निवास पुगेका थिए । सो क्रममा उनले आफ्नो कार्यकालमा सरकारलाई गरेको सहयोगप्रति राष्ट्रपतिलाई धन्यवाद दिएको बुझिएको छ । त्यसअघि उनले प्रतिनिधिसभामा विश्वासको मत गुमाएका थिए ।



























































