काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनका दाबी पेश गर्न आह्वान गरेका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिन नसेकेर पदमुक्त भएसँगै रायट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया थालेका हुन् ।


ADVERTISEMENT


एक विज्ञप्ती जारी गर्दै राष्ट्रपतिको कार्यालयले राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएको जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत नपाउँदा ७६(३) अनुसार संसदको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने वा ७६(२) अनुसार नै नयाँ सरकार गठनको आह्वान गर्ने द्विविधा रहेको थियो । तर, राष्ट्रपतिले कानुनविद्हरुसँग छलफल गरी ७६(२) अनुसार नै सरकार गठन गर्ने गरी आह्वान गरेका हुन् ।

यससँगै नेपाली काँग्रेस र नेकपा एमालेले सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेका छन् । पूर्वसहमति अनुसार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै काँग्रेस–एमालेले दाबी गर्नेछन् ।