काठमाडौँ– शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् ।


ADVERTISEMENT


आइतबार मन्त्रालयमा आयोजित आफ्नो बिदाई कार्यक्रममा मन्त्री श्रेष्ठले देशलाई माथि लैजाने वा तल झार्ने भन्ने कुराको सुनिश्चितता शिक्षा मन्त्रालयले गर्ने भन्दै त्यसको जग बसाल्न मन्त्रालयका सम्बन्धित निकाय र कर्मचारीको भूमिका पनि महत्वपूर्ण हुने बताइन् ।


ADVERTISEMENT

# # #


उनले शिक्षा मन्त्रालयको महत्वलाई आत्मसाथ गर्दै अहिलेका साना बालबालिकाको भविष्य उज्वल बनाउन र भविष्यमा देशको विज्ञान प्रविधिको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

उनले मन्त्रालयमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आफूले मन्त्रालय सम्हालेदेखि नै आफ्नो क्षमताले भ्याएसम्म तीव्र गतिमा काम गरेको दाबी गरिन् । देशको शिक्षा क्षेत्रमा परिवर्तन गर्नका लागि आगामी दिनमा आफू शिक्षा समितिमै बसेर काम गर्ने उनको भनाई छ ।

कार्यक्रममा शिक्षा सचिव दिपक काफ्लेले राजनीतिक नेतृत्वसँग नै राज्य सञ्चालन गर्ने दायित्व हुने भन्दै प्रधानमन्त्री र मन्त्रीहरु सामुहिक रुपमा संसदप्रति तथा सचिव नीतिगत व्यवस्थामा मन्त्रीप्रति उत्तरदायी हुने र प्रशासनिक कार्य सम्पदानमा मुख्यसचिव उत्तरदायी भएर काम गर्ने संवैधानिक प्रावधन अनुसार मन्त्री श्रेष्ठले कुशल र दक्षतापूर्ण प्रभावकारी काम गरेको चर्चा गरे ।

मन्त्रालयका कर्मचारीले पनि आ—आफ्नो भूभिका अनुसार काम गर्न मन्त्री श्रेष्ठलाई सहयोग गरेको उनले जनाए ।