काठमाडौँ– नेकपा एमालेले अन्तिम समयमा मन्त्रीहरूको नाम हेरफेर गरेको छ ।


ADVERTISEMENT


आइतबार राति टुंगिएका नाममध्ये योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठको नाम हटाइएको छ । उनीहरूको ठाउँमा देवेन्द्र दाहाल, बलराम अधिकारी र मानवीर राईलाई मन्त्री बनाउने टुंगो लागेको छ ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल सिफारिस भएका छन् भने, पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्ने तय भएको छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायामन्त्रीमा देवेन्द्र दाहाल, उद्योगमन्त्रीमा दामोदर भण्डारी र शिक्षामन्त्रीमा विद्या भट्टराई सिफारिस भएका छन् ।

त्यसैगरी बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र मानवीर राई रक्षामन्त्री बन्दैछन् । यस्तै एमालेबाट राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् ।

एमालेबाट मन्त्री बन्नेमा विद्या भट्टराई, राजकुमार गुप्ता, देवेन्द्र दाहाल, मानवीर राई पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।