काठमाडौँ– नेपाली कांग्रेसको शेखर–गगन समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।


ADVERTISEMENT


शेखर–गगन समूहले आफ्नो भागमा परेको तीन मन्त्रालयका मन्त्रीहरुको नाम टुंगो लगाएको हो । जसमा प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने बुझिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै रामनाथ अधिकारी कृषिमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् ।

त्यसैगरि, तेजुलाल चौधरीको नाम पनिमन्त्रीका लागि पठाइएको स्रोतले जनाएको छ ।