विराटनगर – मोरङ र झापाका विभिन्न स्थानबाट आज दिउसो प्रहरीले लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने मध्य मोरङ सुन्दर हरैचा नगरपालिका ४ का २१ वर्षीय मनिष चौधरी, २५ वर्षीय अशोक ऋसिदेव, ३१ वर्षीय नबिन कार्की र ३२ वर्षीय विष्णु चौधरी रहेका छन् । लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई २.१५ ग्राम ब्राउन सुगरसहित विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट पक्राउ गरेको हो ।
यसै गरी झापा बिर्तामोड नगरपालिका ३ का १९ वर्षीय विवेक खड्का र २१ वर्षीय सरोज चौधरीलाई झापा भद्रपुर नगरपालिका ५ मेचीपुलबाट ब्राउन सुगर २७० मिलिग्राम सहित मेचीपुल बिटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । ब्राउन सुगरसहित पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।



























































