काठमाडौँ – महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वरिष्ठ अधिवक्ता बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा श्री बडाललाई उक्त पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
बडालले सरकारको कानुनी सल्लाहकारका रुपमा काम गर्नेछन् ।



























































