काठमाडौँ – छिन्नलता गीत पुरस्कार गुठीले विभिन्न स्रष्टाहरुलाई छिन्नलता गीत पुरस्कारबाट सम्मानित गरेको छ ।


ADVERTISEMENT


वरिष्ठ गीतकार रमोलादेवी शाह छिन्नलताको १ सय २ औं जन्मजयन्तीका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न स्रष्टाहरुलाई छिन्नलता गीत पुरस्कारबाट सम्मानीत गरेका हुन् ।


ADVERTISEMENT

# # #


सो क्रममा प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गरे । यसैगरी प्रधानमन्त्री ओलीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा भएका प्रतिभाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । कला, संस्कृति, सङ्गीत, गायन, नृत्य लगाएतका विधालाई निरन्तरता दिने सन्दर्भमा छिन्नलताको योगदान महत्वपूर्ण रहेको उनले बताए ।

छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशी जनही एक लाखको छ भने युवा पुरस्कार ५० हजारको छ । गुठीले हरेक वर्ष नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई पुरस्कार प्रदान गर्दै आएको छ ।