काठमाडौँ– काठमाडौंको बानेश्वरमा गुडिरहेको बसमा धुवाँको मुस्लो निस्केको छ।


ADVERTISEMENT


भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवन नजिक आइपुग्दा धुँवैधुवाँ भएको थियो ।


ADVERTISEMENT

# # #


भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१.००५ ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुँवाको मुस्लो । धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि केही बेरसम्म स्टार्ट बन्द नभएतापनि बस आगलागी हुनबाट जोगिएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस

धुवाँको मुस्लो निस्केको देखेपछि यात्रुहरू बसबाट झरेका थिए।

चालकले बस स्टार्ट बन्द गर्दा पनि केही बेरसम्म स्टार्ट बन्द नभएता पनि बस आगलागी हुनबाट भने जोगिएको छ। के कारणले बसमा धुवाँको मुस्लो आयो भन्ने खुलेको छैन।