काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्थालाई उज्यालोतर्फ लैजानु अहिलेको आवश्यकता रहेको बताएका छन् ।


ADVERTISEMENT


६२ औं इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एशोसीयसनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले देशको अवस्था राम्रो नभएको भन्दै त्यसलाई उज्यालो तर्फ लैजानु अहिलेको आवश्यकता रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले देशको अवस्था राम्रो नभएपनि नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको धारणा राखे । उनले अहिले देशको अवस्था जस्तो भए पनि देशको भविष्य भने उज्वल भएकाले कुनै शंका नगरी देश निर्माणको काममा लाग्न आग्रह गरे । सरकाले हरेक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने उनको भनाइ छ ।

उनले इन्जिनियर्सहरुको समस्याप्रति गम्भीर भएको बताए । कार्यक्रमका बिभिन्न व्यक्तिहरुलाइ सम्मान गरिएको थियो ।