काठमाडौँ – एसिसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग पहिलो बलिङ गर्ने भएको छ ।


ADVERTISEMENT


श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा नेपालले टस जितेर बलि«ङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुने छ । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


खेल सूचीअनुसार नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन् ।

युएईविरुद्ध नेपालको प्लेइङ-११
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता राना मगर, कविता कुँवर, कविता जोशी, पूजा महतो, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ (विकेट), कृतिका मरासिनी, सबनम राई

नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) र पूजा महतो छन् । टोलीमा डली भट्ट, बिन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन् ।