काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरुको भुक्तानी छिटै हुने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीको छलफलका क्रममा अर्थमन्त्री पौडेलले विभिन्न सरकारी निकायबाट भुक्तानी गर्नुपर्ने रकम यकिन भइरहेको भन्दै निर्माण व्यवसायीहरुको भुक्तानी छिटै हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई निर्देशन दिइसकेको भन्दै उनले निर्माण व्यवसायीहरुको समस्याको समधान गर्न गम्भीर भएको बताउनुभयो ।

उनले अहिलेको सरकार समस्याको आगो तापेर नबस्ने भन्दै एक–एक समस्याको समाधान गर्ने धारणा राखे । पौडेलले पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न आग्रह गरे ।

सो क्रममा निर्माण व्यवसायीले प्रदेश र स्थानीय तहसमेत अर्बौ रकम भुक्तानी बाँकी रहेको र यसका कारण समस्या भएकाले समाधान गर्न अर्थमन्त्रीसंग आग्रह गरेका थिए ।