काठमाडौँ – श्रीलंकामा आजदेखि सुरु भएको एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली ब्याटर सम्झना खड्काले अर्धशतक हानेकी छन् ।


ADVERTISEMENT


प्रतियोगिताको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले दिएको ११६ रनको चुनौती पच्छ्याउने क्रममा उनले ३५ बलमा ८ चौकाको मदतमा अर्धशतक पूरा गरेकी हुन् ।


ADVERTISEMENT

# # #


नेपाललाई अब जितका लागि ४२ बलमा २९ रन चाहिएको छ भने हातमा ७ विकेट बाँकी छ । नेपालका लागि सम्झना (५१ रन) र रुबिना क्षेत्री ( ७ रन) ले नेपालको इनिङ सम्हालिरहेका छन् । यसअघि श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा टस हारेर पहिले ब्याटङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।