काठमाडौँ – एनआईसी एशिया लघवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलाराज शर्मा जोशी नियुक्त भएका छन् । संस्थाको आइतबार बसेको सञ्चालक समितिको २२२औँ बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


उनको कार्यकाल आगामी ४ वर्षका लागि सोमबारदेखि लागू हुने वित्तीय संस्थाले जनाएको छ । शर्मालाई लघुवित्तका अध्यक्ष प्रकाशराज शर्माले पद तथा गोपनियताको शपथ गराएका छन् ।


ADVERTISEMENT

# # #


बर्दिया स्थायी घर भएका जोशीले यसअघि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सीईओको जिम्मेवारी निवार्ह गरिरसकेका छन् । विगत तीन दशकदेखि लघुवित्त क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर योगदान पुर्याएको अनुभव उनीसँग रहेको छ ।