काठमाडौँ – रसियन टोलीसँगको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाली महिला राष्ट्रिय भलिबल टोली पराजित भएको छ ।


ADVERTISEMENT


आइतबार पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको नेपाली टोली सोमबार दोस्रो खेलमा पनि पराजित भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सोमबार भएको‌ खेलमा रसियन टोलीले नेपाली महिला टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।


ADVERTISEMENT

# # #


काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली टोलीले रसियन टोलीसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको हो । नेपालस्थित रसियाको दूतावासको सहयोगमा भलिबल संघले मैत्रीपूर्ण खेल आयोजना गरेको थियो ।

मैत्रीपूर्ण खेलसंगै अब नेपालले साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगमा‌ सहभागीता जनाउने छ । लिगमा नेपालका साथै भारत, इरान, श्रीलंका र माल्दिभ्स पनि सहभागी हुदैछन् ।