काठमाडौँ – श्रीलंकामा जारी एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भारतविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
मंगलबार श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा नेपालले टस हारेर पहिले बलिङको निम्तो पाएको हो । खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ ।
यसअघि पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । समिफाइनलमा स्थान बनाउन नेपालले आज जित्नैपर्ने दबाब रहेको छ ।
यता लगातार दुई खेल जितेको भारत आजको खेलमा समृत जित निकाल्ने लक्ष्यमा रहेको छ । ८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । सोही समूहमा पाकिस्तानसहित युएई र भारतसमेत रहेका छन् । लगातार दुई खेल हारेको युएई भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।
यस्तै समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन् ।



























































